काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को थुनामा रहेका १० जना बैंकर आजबाट थुना मुक्त भएक छन् ।सीआईबीले थुनामा रहेका बैंकरका परिवार र बैंकका प्रतिनिधिको रोहबरमा हाजिरी जमानीमा आजैबाट थुनामुक्त गरेको हो ।

थुनामा रहेका १० जनालाई ब्यूरोले प्रारम्भिक अनुसन्धान सकेपछि १७ दिनपछि हारिजी जमानीमा थु्नामुक्त गरेको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

ब्यूरोले सेञ्चुरी बैंकका तत्कालिन प्रमूख कार्यकारी अधिकृत तुलसी गौतम, सोही बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत एवं अहिलेको प्रभू बैंकका डेपुटि प्रमूख कार्यकारी अधिकृत मनोज न्यौपाने सहित कर्मचारीहरू सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलिप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमन श्रेष्ठलाई पक्राउ गरेको थियोे।

बैंकर गौतम र न्यौपाने सहितका तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रबिन्द्र चौँलागाईलाई एक अर्ब १४ करोडको मूल्याङ्कन भएको धितोमा दुई अर्ब ११ करोड कर्जा दिएको भेटेपछि व्युरोले अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

उक्त कर्जा चौँलागाई संलग्न भएका पुजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ, पुजा मार्केटिङ, र अन्नपुर्ण डिस्टिलरीमा प्रवाह भएको ब्यूरोले जनाएको छ । गत कात्तिक १७ गते पक्राउ परेका चौलागाई अदालतको आदेशपछि अहिले थुनामा छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version