काठमाडौं: काठमाडौंको टोखाबाट पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुनलाई भैरहवा लगिएको छ ।

रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पुर्जी जारी भएका उनलाई आजै जहाजमार्फत भैरहवा पठाएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा उनको पनि संलग्न देखिएको छ ।
उनीविरुद्ध सुन तस्करीमा संलग्न भएको आरोप समेत लागेको छ ।

रुपन्देहीको सुप्रिम सहकारीले सर्वसाधारणको ९६ करोड रुपैयाँ बचत फिर्ता गर्न सकेको छैन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version