काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मल प्रसाद सिटौलाविरुद्ध मुद्दा दायर गरेको छ । सिटौलाले साढे एक अर्ब बढीको रकम भ्रष्टाचार गरेको भन्दै आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

टेलिकममा कार्यरत स्थायी कर्मचारी इन्जिनियर सिटौलाले कानूनी प्रावधान वितरीत टेलिकमको विना स्वीकृति निजी कम्पनी हिमडुङ्ग एण्ड थोकर कन्स्ट्रक्सनको सेयर खरिद गरी संस्थापक सेयरधनी बनी कम्पनीको निर्देशकको हैसियतमा उक्त कम्पनीबाट ४५ लाख १७ हजार पाँच सय रुपैयाँ पारिश्रमिक बुझिएको पाइएको छ । साथै, उक्त कम्पनीको रिजर्भमा रहेको नाफाबाट प्राप्त एक करोड १६ लाख रुपैयाँ आय समेत गरी कूल एक करोड ६१ लाख रुपैयाँ गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको आयोगले पुष्टि गरेको बताएको छ ।

त्यसैले, आयोगले निज सिटौलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४ बमोजिमको कसुरमा गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको सम्पत्ति एक करोड ६१ लाख २० हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा १४ बमोजिम सजाय गरी गैरकानूनी आर्जन गरेको सम्पत्तिसमेत जफत हुन मागदाबी लिई आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version