काठमाडौँ: हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

जसको प्रभावस्वरुप यतिबेला (शनिबार बिहान) देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने र देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी प्रदेशका केही स्थान, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङपिहत हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको एक(दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैगरी कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानका साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर आंशिक बदलीको अवस्था रहने छ। राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version