काठमाडौँ: संवैधानिक परिषद्को बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको हो।
संविधानको धारा २८३ अनुसार संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिषद् बैठक राखेका हुन्।
आजको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची छ।
Facebook Comments Box

