काठमाडौं । नेपालमै उत्पादित ‘ग्रिन हाइड्रोजन’ (जलविद्युत् र पानी प्रशोधन) बाट सवारीसाधन चलाउन गरिएको परीक्षण सफल भएको छ ।
काठमाडौं विश्वविद्याल (केयू) मा आइतबार हाइड्रोजन रिफिलिङ स्टेसनको सफल परीक्षण गरिएको नेपाल हाइड्रोजन इनिसिएटिभ्स परियोजना प्रमुख प्रा.डा. विराजसिंह थापाले जानकारी दिए ।
‘दुई वर्षको निरन्तर अनुसन्धानपछि आज बिहानैबाट हामी हाइड्रोजन इन्धनलाई कारमा राख्ने कामको परीक्षण गरिरहेका छौं,’ थापाले भने, ‘यो दिन नेपालका लागि निकै महत्वपूर्ण हुनेछ ।’
विश्वविद्यालयमा स्थापना गरिएको हाइड्रोजन रिफिलिङ स्टेसनबाट उत्पादन भएको हाइड्रोजन आज कारमा राखिएको हो ।
Facebook Comments Box

