काठमाडौँ: न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको समितिको सोमबार बसेको बैठकमा निगमलाई यस्तो निर्देशन दिएको हो ।

समितिले न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको समितिलाई विश्वास हुने गरी स्पष्ट जवाफ पेस गर्न समिति सभापति राजकिशोर यादवले निर्देशन दिए । उनले समितिले न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गरिने बताए । उनले न्यारोबडी जहाज खरिद सम्झौताको बेलामा भएका सबै प्रक्रियाको बारेमा पनि पेस गर्न आग्रह गरे ।

सभापति यादवले परिस्थितिजन्य कारणले भ्रष्टाचार भयो भन्ने समितिलाई विश्वास दिलाउन नसके समितिले थप कारबाहीको लागि बाध्य हुने चेतावनी दिए । उनले दुई हप्ता भित्र न्यारोबडी खरिद प्रक्रियामा कुनै बदमासी नभएको विश्वास दिन जरुरी रहेको बताए ।

उनले भने,‘अबको दुई हप्ता अर्थात् १५ दिनभित्र न्यारोबडी खरिद प्रक्रियामा कुनै बदमासी छैन । परिस्थिति यस्तो हुन गयो । त्यो लजिक र भ्यालिड हुन गयो भने समिति त्यही अनुरूप जान्छ । दुवैको निर्णय कुन परिस्थिति र किन भयो । त्यसका पछि केके कारण छ । अर्को व्यावसायिक योजना बनाउनु भएको छ । त्यसका विषयमा जानकारहरू नै समितिमा राखेर छलफल गर्नुपर्छ । अबको १५ दिनभित्र समितिले माननीयहरू तोक्छौँ । त्यो जुन भ्रष्टाचारजन्य कार्य भएको छैन भनी पुष्टि हुने प्रमाण सहित पेस गरिदिनु पर्‍यो ।’

उनले युरोपियन युनियनको कालोसूचीबाट हट्नको लागि नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगम एक ठाउँमा हुन जरुरी रहेको बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version