काठमाडौँ: स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य लगातार उकालो लागिरहेको छ। दिनहुँजसाे उकालो लागिरहेकाे सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३६ हजार २ सय कायम भएको छ।

हिजोभन्दा आज सुनाको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको हो। आइतबार छापावाला सुन प्रतितोला एक लाख ३५ हजार छ सय थियो।

शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३२ हजार सात सयमा कारोबार भएको थियो। हिजो एकै दिन सुनको मूल्य प्रतितोला दुई हजार नौ सयले वृद्धि भएको थियो।

यस्तै,आज तेजाबी सुनको मूल्य पनि प्रतितोला एक लाख ३५ हजार ५५० रुपैयाँ पुगेको छ। आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ।

आइतबार प्रतितोला एक हजार छ सय ७० रुपैयाँ रहेको चाँदीको मूल्य आज एक हजार ६ सय ८५ कायम भएको महासंघले जनाएकाे छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version