काठमाडौँ: मन्त्रिपरिषद्ले नेपाल सरकारका ५ सचिवको सरुवा गरेको छ।

मन्त्रिपरिषद्को चैत ३० गते बसेको बैठकबाट दिनेश भट्टराई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पठाउने निर्णय भएको छ।

प्रधानमन्त्री कार्यालयकै सचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारीको जिम्मेवारी पाएका छन्।

प्रमुख तथ्यांक अधिकृत तोयम राया महालेखापरीक्षक नियुक्तिका लागि सिफारिस भएपछि त्यस ठाउँमा पोखरेललाई पठाउने निर्णय भएको हो।

महिला मन्त्रालयका सचिव सुमनराज अर्याल युवा तथा खेलकुद मन्त्रालय पुगेका छन्।

उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्दप्रसाद निरौला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरूवा भएका छन्।

सामान्य प्रशासनका विनोदप्रकाश सिंह राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरूवा भएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version