काठमाडौँ: डा.अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार शाक्यलाई राष्ट्रिय सभामा मनोनित गरेका हुन्।

नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा डा. शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

गएको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत थिइन्। उनी नेकपा एमालेका तर्फबाट बाग्मती प्रदेश सभाका पूर्वसदस्य अजयक्रान्ति शाक्यकी पत्नी हुन्।

संखुवासभा घर भएकी उनी नेपाल टेलिभिजनकी पूर्वसमाचार प्रस्तोता पनि हुन्।

व्यवस्थापन विषयमा विद्यावारिधि (पीएचडी) गरेकी शाक्यले पद्मकन्या कलेजमा २०५३ देखि करिब एक दशक प्राध्यापन गरेकी थिइन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version