काठमाडौं: इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटना भएको स्थानमा जीवनको कुनै संकेत नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

खोज तथा उद्धारमा संलग्न रेड क्रिसेन्टका प्रमुख पिर होसेन कोलिवाण्डले इरानको सरकारी टेलिभिजनलाई प्रतिक्रिया दिँदै भनेका छन्, ‘हेलिकोप्टर दुर्घटनास्थलमा जीवनको कुनै संकेत छैन ।’

यद्यपि इरान सरकारबाट आधिकारिक भनाइ सार्वजनिक भएको छैन ।

अजरबैजानस्थित एक कार्यक्रमबाट राष्ट्रपति रैसी, होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती सवार हेलिकप्टर आइतबार दुर्घटनामा परेको थियो ।

इरानी अधिकारीहरुले राष्ट्रपति सवार हेलिकप्टर पूर्णरुपमा जलेको बताएका छन् । त्यतिबेलै हेलिकप्टरमा सवार व्यक्तिहरु बाँच्ने सम्भावना कम रहेको आशंका गरिएको थियो ।

खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको अनुमान छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकप्टरले उडानका क्रममा कठिनाइको सामना गरेको र ‘हार्ड ल्यान्डिङ’ को प्रयास गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version