काठमाडौँ: आइतबार (हिजो) गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घर भत्काएको काठमाडौँ महानगरले सोमबार शंखमूल क्षेत्रको करिडोर आसपासका क्षेत्रमा डोजर चलाएको छ।

अतिक्रमित जग्गामा बनेका संरचना भत्काउँदै आएको महानगरको टोली सोमबार शंखमूल क्षेत्रको करिडोरमा पुगेको हो। काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, करिडोरबाट २० मिटरको दुरी कायम भएका क्षेत्रका संरचनाहरू हटाउने कार्य सुरु गरिएको हो।

‘करिडोरबाट २० मिटरसम्म वरपर संरचना नबन्ने भनिएको छ,’ पाण्डेले भने, ‘सोही अनुसार त्यहाँको मापदण्ड हेरेर संरचनामा डोजर चलाइएको हो।

महानगरले यसअघि नै उक्त मापदण्डभन्दा बाहिर पर्ने संरचना हटाउन सूचना र माइकिङ समेत गरेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version