काठमाडौँ:
नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज (बुधबार) जिल्ला अदालत धनुषामा पेस गर्ने तयारी गरिएको छ।

सिरोहियाको नागरिकताको नम्बर पहिले नागरिकता लिएका अर्का व्यक्तिको नागरिकता नम्बरसँग मेल खाएको भनी धनुषा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई मंगलबार पक्राउ गरिएको हो।

जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिरोहियालाई मंगलबार साँझ थापाथलीस्थित कान्तिपुर कार्यालयमै गएर पक्राउ गरेको थियो।:

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version