काठमाडौँ: क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ।

टी-२० विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जान लागेका उनलाई दूतावासले भिसा दिन अस्वीकार गरेको हो।

आफूलाई दूतावासले भिसा नदिएको कुरा सन्दीपले फेसबुकमा उल्लेख गरेका छन्।

‘नेपालस्थित अमेरिकी राजदूतावासले फेरि त्यही गर्‍यो, सन् २०१९ मा जे मलाई गरेको थियो’, सन्दीपले लेखेका छन्, ‘अमेरिका र वेस्ट इन्डिजमा हुने टी२० विश्वकपको लागि मेरो भिसा अस्वीकार गरेको छ।’

उनले भिसा नपाएकोमा दुःख व्यक्त गर्दै नेपाली क्रिकेटप्रेमीसँग माफीसमेत मागेका छन्।

उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि सन्दीप विश्वकपको तयारीमा जुटेका थिए।

गत जेठ २ मा सन्दीपलाई अदालतले सफाइ दिएको थियो। लगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले पनि घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट उनको निलम्बन फुकुवा गरेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version