पोखरा: माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा मतदान गरेका छन् ।

गण्डकीमा माओवादीबाट जितेका सांसदको ‘फ्लोर क्रस’, मुख्यमन्त्री पाण्डेले पाए बहुमत

उनले सोमबार मुख्यमन्त्री पाण्डेले संसदमा प्रस्तुत गरेको विश्वासको मतको पक्षमा मतदान गरेका हुन् । उनीसँगै कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे) गरी ३१ सांसदले पक्षमा मतदान गरका छन् । ६० सदस्यीय संसदमा बहुमत सांसदले मतदान गरेपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका छन् ।

एमालेका २२ र माओवादीका ६ सांसदले विपक्षमा मतदान गरेका छन् । माओवादीले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो ।

संसदीय दलका नेता हरिबहादुर चुमानले संसदमा बोल्दै देवकोटा प्रदेशसभामा माओवादी सांसदकै हैसियतमा रहेकाले ह्विप उल्लंघन गर्न नमिल्ने बताएका थिए । देवकोटाले ‘फ्लोर क्रस’ गरेपछि विपक्षी सांसदले केहीबेर नारावाजी गरेका थिए । मुख्यमन्न्त्री पाण्डे संविधानको धारा १६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताको हैसियतमा जेठ १६ मा नियुक्त भएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version