काठमाडौं: बास्ता खोलामा आएको बाढी विराटनगर विमानस्थल पसेपछि विमानस्थल बन्द गरिएको छ ।

बुधबार बिहान बास्ता खोलामा आएको बाढी विराटनगर महानगरपालिका–४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा पसेको हो ।

विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले पानी सुक्ने क्रममा रहेकाले अब केही समयमा विमानस्थलमा उडान अवतरण पुनः सुरु हुने जानकारी दिए ।

बास्ता खोलाको पानी पार्किङ वेमा पसेपछि बाढी आउनसक्ने जोखिमका कारण उडान रोकिएको हो ।

अविरल वर्षाका कारण विराटनगरवासीको जनजीवन प्रभावित बनेको छ । विराटनगर सिंघीया र केसलिया खोलाको तटीय क्षेत्रमा बसोवास गर्दै आएका सयौँ घरपरिवार विस्थापित हुने अवस्थामा छन् ।

सअघि २०७४/२०७८ सालमा आएको बाढीले विराटनगरमा जनधनको क्षति भएको थियो । सिंघीया र केसलिया खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर विराटनगरका विभिन्न स्थानमा पसेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version