काठमाडौँ — उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले उर्जा क्षेत्रको विकासले मुलुकको समृद्धिलाई अझ नयाँ गति दिने बताएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको स्युचाटारमा निर्माण गरी सञ्चालनमा ल्याएको डाटा सेन्टरको उद्घाटन समारोहमा बोल्दै उनले उर्जा क्षेत्रको विकासले मुलुकको समृद्धिलाई अझ नयाँ गति दिने बताएका हुन् ।

मन्त्री बस्नेतले विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टरको निर्माण नेपालको ऊर्जा क्षेत्रलाई थप स्मार्ट बनाउन अर्को महत्वपूर्ण पाइला भएको बताए ।

उनले भने, ‘उर्जा क्षेत्रको विकासले मुलुकको समृद्धिलाई अझ नयाँ गति दिने, अझ अघि बढाउने कुरामा थप योगदान पुग्ने कुरा स्वतः स्पष्ट छ । उर्जा क्षेत्रको विकास सँग-सँगै उर्जा क्षेत्रको व्यवस्थापनको मुख्य भुमिका निर्वाह गरिराखेको नेपाल विद्युत प्राधिकरण आफैँमा पनि सबल, सक्षम र सुदृढ बन्दै गइरहेको छ । यो एउटा थप दृष्टान्त हो । हामीले अहिले डिजिटल एनइएको कुरा गरिरहेका छौँ । एनइए अन्तर्गत एउटा डाटा सेन्टर, एड्भान्स डाटा सेन्टरको जसरी व्यवस्थापन हुन गइरहेको छ । मलाई लाग्छ, हाम्रो उर्जाको समग्र व्यवस्थापनमा एनइएको भुमिकालाई यसले थप प्रभावकारी बनाउने नै छ ।’

मन्त्री बस्नेतले समग्र मुलुकको उर्जा व्यवस्थापनमा यसले थप योगदान गर्ने बताए । ‘हामीले उर्जा सेक्युरिटीको कुरा गरिरहेका छौँ । इनर्जी फर डेभलपमेण्ट, फर प्रस्परेटीको कुरा गरिरहेका छौँ । यो सबै क्षेत्रमा उर्जा क्षेत्रले निर्वाह गरिरहेको भुमिकालाई व्यापक बनाउन, व्यवस्थित बनाउन डाटा सेन्टरले भुमिका खेल्ने विश्वास लिएको छु,’ उनले भने ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version