गुल्मी: अविरल वर्षापछि आएको पहिरोले गुल्मीमा ४ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।
मालिका गाउँपालिका–६ अर्जे, ठाँटीस्थित भेषबहादुर विकको घर पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको र १ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले बताए ।
मालिका ६ का वडाध्यक्ष दीपक भण्डारीका अनुसार पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, २६ वर्षीया बुहारी सीता विक, नातिनीहरू ७ वर्षकी सपना विक र ८ महिनाकी विपना विकको मृत्यु भएको छ ।
गएराति आएको अविरल वर्षाले पहिरो गएको जानकारी पाएपछि ईश्मा प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली खटिएको एसपी भुजेलले बताए ।

