काठमाडौँ: शनिबारको दिन थियो असार १५ अर्थात धान दिवस। त्यही माहोलमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष प्रचण्डबीच बालकोट, भक्तपुरमा ३ घण्टा भेटघाट चल्यो। तर यता सत्ताशिन दल नेकपा माओवादी केन्द्र भने उक्त भेटबारे अनविज्ञ जस्तै थियो। त्यसैले राजनीतिक माहोल एकाएक तरंगित जस्तै बन्न पुग्यो।
सोहि भेटलाई लिएर आइतबार पुनः प्रचण्ड र ओलीबीच पनि भेटवार्ता भयो जहाँ पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने पनि समेटिए। अनि फेरी सुरु भयो सत्ताघटक भेटवार्ता।

प्रधानमन्त्री दाहालले सत्तामा बसिरहन र सत्ताको नेतृत्व गर्न आफूहरूसित ‘जादुयी नम्बर’ रहेको र पूरै अवधि सरकारमा बस्ने बताएको साता दिनमै कांग्रेस र एमालेको नेतृत्वबीच भएको भेटले प्रधानमन्त्री सशंकित बनेका हुन्।

फलस्वरूप प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच आइतबार बिहान पहिले फोनमा संवाद भयो र त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा करिब २ घण्टा कुराकानी भयो।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार बैठकको सुरूमै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई शनिबार देउवासँग भएको भेटको प्रसंग सोधेका थिए।

जबाफमा अध्यक्ष ओलीले त्यस्तो ठूलो कुरा केही हैन ‘हल्का’ हो भनेका थिए। यो जबाफमा प्रधानमन्त्री दाहाल आश्वस्त हुन सकेनन्।

फेरि सोधे, तीन घण्टा लामो छलफलमा केही गम्भीर कुराहरू पनि भयो होला। यसपछि अध्यक्ष ओलीले गम्भीर कुराकानी आधा घण्टाजतिमात्रै भएको प्रतिक्रिया दिए।

‘आरजुजीले रोपाइँ गर्न भक्तपुरतिरै आउने कार्यक्रम छ। त्यता आउँदा म तपाईंकोमा पस्छु भन्नुभयो, मैले तपाईंमात्रै किन आउने शेरबहादुरजीलाई पनि लिएर आउनुस् भनेँ। त्यसपछि उहाँहरू आउनुभएको हो,’ ओलीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका भनाइ सुनेका सचिवालयका एक सदस्यले भने।

शनिबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म बालकोटमा देउवा र ओलीबीच के-के विषयमा कुराकानी भएको थियो भन्नेबारे सार्वजनिक भइसकेको छैन।

प्रधानमन्त्री दाहालसँगको भेटवार्तापछि एमाले अध्यक्ष ओलीले भेटघाटहरू भइरहेको पत्रकारहरूलाई प्रतिक्रिया दिए। उनले भेटघाटले कुनै परिवर्तन नहुने बताएका थिए।

अध्यक्ष ओली र सभापति देउवाबीच शनिबार भएको भेटवार्ताबारे छलफल भएपछि प्रधानमन्त्री दाहाल र ओली सरकार सञ्चालनको मोडालिटीमा केन्द्रित भएका थिए।

सरकारलाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल भएको र भोलि बिहान फेरि बैठक गरेर त्यसबारेमा विस्तृतमा छलफल गर्ने सहमति प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भएको छ।

बैठकमा यी दुई नेताले राजदूत नियुक्तिका लागि सरकारले गरेको सिफारिस र भएको विवादबारे पनि छलफल गरेका छन्।

विवादित व्यक्तिहरूबारे के गर्ने भन्नेमा कुराकानी भए पनि ठोस निचोड भने निस्किएन। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको संवादको उत्तरार्धमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पुगेका थिए।

प्रधानमन्त्री प्रचण्ड’ र ओलीले सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्ला दिनमा देखा परेका घटनाक्रमबारे चासो राखे।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई पार्टीभित्र देखा परेका घटनाक्रमबारे सोधेका हुन्।

‘तपाईंहरूको पार्टीभित्र के भएको हो खासमा?,’ प्रधानमन्त्री र अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई सोधेका प्रश्न उद्धृत गर्दै स्रोतले भन्यो।

जबाफमा सभापति लामिछानेले खासै ठूलो केही नभएको प्रतिक्रिया दिएका थिए। उनले ‘महामन्त्री मुकुल ढकालको पक्षमा शून्य दशमलव ०१ प्रतिशत पनि पार्टीका सदस्यहरू पनि नरहेको’ बताएको स्रोतको दाबी छ।

‘महामन्त्रीले प्रतिवेदन बुझाउनु भएको हो, खासै केही भएको छैन। केही साथीहरूले महामन्त्रीको प्रतिवेदन बुझ्न हुन्न भनिराख्नु भएको थियो, तर मैले बुझेँ,’ सभापति लामिछानेका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रतिवेदन बुझाउने महामन्त्रीका पक्षमा खासै पार्टीभित्र माहौल छैन।’

देउवा-ओलीको शनिबारको भेट, सरकार सञ्चालन, राजदूत नियुक्तिको विवाद र रास्वपामा देखिएको विवादबारे छलफल गरेपछि नेताहरू सोमबार बिहान ९ बजे फेरि बैठक गर्ने सहमति गरेर उठेका छन्।

काठमाडौँ: सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार दिउँसो करिब तीन घण्टा छलफल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उनको पार्टी नेकपा (माओवादी केन्द्र) तरंगित बन्यो।

प्रधानमन्त्री दाहालले सत्तामा बसिरहन र सत्ताको नेतृत्व गर्न आफूहरूसित ‘जादुयी नम्बर’ रहेको र पूरै अवधि सरकारमा बस्ने बताएको साता दिनमै कांग्रेस र एमालेको नेतृत्वबीच भएको भेटले प्रधानमन्त्री सशंकित बनेका हुन्।

फलस्वरूप प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच आइतबार बिहान पहिले फोनमा संवाद भयो र त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा करिब २ घण्टा कुराकानी भयो।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार बैठकको सुरूमै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई शनिबार देउवासँग भएको भेटको प्रसंग सोधेका थिए।

जबाफमा अध्यक्ष ओलीले त्यस्तो ठूलो कुरा केही हैन ‘हल्का’ हो भनेका थिए। यो जबाफमा प्रधानमन्त्री दाहाल आश्वस्त हुन सकेनन्।

फेरि सोधे, तीन घण्टा लामो छलफलमा केही गम्भीर कुराहरू पनि भयो होला।

यसपछि अध्यक्ष ओलीले गम्भीर कुराकानी आधा घण्टाजतिमात्रै भएको प्रतिक्रिया दिए।

‘आरजुजीले रोपाइँ गर्न भक्तपुरतिरै आउने कार्यक्रम छ। त्यता आउँदा म तपाईंकोमा पस्छु भन्नुभयो, मैले तपाईंमात्रै किन आउने शेरबहादुरजीलाई पनि लिएर आउनुस् भनेँ। त्यसपछि उहाँहरू आउनुभएको हो,’ ओलीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका भनाइ सुनेका सचिवालयका एक सदस्यले भने।

शनिबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म बालकोटमा देउवा र ओलीबीच के-के विषयमा कुराकानी भएको थियो भन्नेबारे सार्वजनिक भइसकेको छैन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version