काठमाडौँ: नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न २४ घण्टाको अल्टिमेटम दिएको छ।

मंगलबार बसेको पार्टीको सचिवालय बैठकमा बुधबार बेलुकीसम्म प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न समय दिनेगरी छलफल भएको एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए।

बैठकपछि निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले पनि प्रधानमन्त्रीबाट प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गरिएको निर्णय भएको सुनाए।

यद्यपि बैठकमा भने बढीभन्दा बढी २४ घण्टासम्म कुर्ने र त्यतिबेलासम्म पनि राजीनामा नदिए पर्सि (बिहीबार) बिहान मन्त्रीहरूलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिने निर्णय भएको एक पदाधिकारीले बताए।

मन्त्रीहरूलाई फिर्ता बोलाएपछि बाँकी निर्णयहरू कसरी गर्ने भन्नेबारे त्यतिबेलै शीर्ष नेताहरू बसेर छलफल हुने ती पदाधिकारीले जानकारी दिए।

‘हामी भोलि बेलुकी (बुधबार) सम्म कुर्छौँ,’ ती पदाधिकारीले भने, ‘त्यतिबेलासम्म पनि उहाँले मार्गप्रशस्त गर्नुभएन भने हामी अन्य निर्णय लिन्छौँ।’

त्यसपछि चाल्ने कदमबारे ती पदाधिकारी खुलेर कुरा गर्न चाहेनन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version