काठमाडौँ: सुनको मूल्यले आज फेरि सर्वाधिक महँगो केकर्ड कायम गरेको छ। प्रतिलोला एक हजार रुपैयाँले बढेर सुनले आज सर्वाधिक महँगो रेकर्ड कायम गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार चार सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक लाख ४५ हजार चार सय निर्धारण भएको छ।

त्यसैगरी शुक्रबार प्रतितोला रु एक लाख ४३ हजार सात सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि भने रु एक लाख ४४ हजार सात सय निर्धारण भएको छ।

त्यसैगरी चाँदीको मूल्य पनि आज तोलामा रु २० ले वृद्धि भएको छ।

शुक्रबार प्रतितोला रु एक हजार आठ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ९० निर्धारण भएको महासंघले जनाएको छ।

गएको जेठ २५ गते एक लाख ४५ हजार रुपैयाँ पुगेको सुनको मूल्य त्यसयता घटेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version