काठमाडौँ: प्रधानमन्त्री अल्पतमा परेपछि प्रतिनिधि सभामा विश्वासको मत नपाए संविधानको धारा ७६ को उपधारा (२) कि (३) अनुसार सरकार गठन हुन्छ भन्नेमा बहस जारी छ। यता, नव गठित नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार उपधारा (२) अनुसार नै हुने भन्दै कम्तीमा १७८ सांसदको हस्ताक्षर तयार गरेका छन्।

युक्त सांसदहरूको हस्ताक्षरसहित धारा ७६ (२) अनुसार सरकार गठनको दाबी गरिने कांग्रेस स्रोतले जानकारी दिएको छ।

सरकारलाई समर्थन गर्ने ठूलो दलले साथ झिकेपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले आगामी २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्।

तर, उनले विश्वासको मत पाउने सम्भावना नभएपछि प्रतिनिधि सभाको ठूलो दलले संविधानको धारा ७६ (३) अनुसार सरकार बनाउनसक्ने अड्कलबाजी भइरहेको बेला कांग्रेस–एमाले भने झण्डै दुई तिहाइ सांसदको हस्ताक्षर नै लिएर बहुमतका सरकार गठन दाबी गर्न जाने तयारीमा रहेको ती नेताले दाबी गरे।

राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतको सरकार गठनका लागि आह्वान गर्नेमा आफूहरूमा कुनै द्विविधा नरहेको ती नेताको भनाइ छ। त्यही भएर सांसदहरूको नाम र हस्ताक्षर शीतल निवास पठाउन ठिक्क पारेर राखेको उनले बताए।

ती नेताका अनुसार कांग्रेसका ८८, एमालेका ७८, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ४, जनता समाजवादी पार्टी (जसपा) नेपालका ५ र नागरिक उन्मुक्ति पार्टीका ३ सांसदले हस्ताक्षर गरिसकेका छन्। त्यसबाहेक जनता समाजवादी पार्टी (जसपा)ले पनि कांग्रेस–एमाले गठबन्धनमा सहभागी हुने निर्णय गरिसकेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version