काठमाडौँ:
नेपालमा अपराध गरी फरार रहेका ४६ जनाविरूद्ध एक वर्षमा रेड नोटिस जारी भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्रै ४६ जनाविरूद्ध रेड नोटिस जारी भएको हो।

नेपालको इन्टरपोलको शाखाको अनुरोधमा इन्टरपोलले ४६ जनाविरूद्ध रेड नोटिस जारी गरेको हो। यो तथ्यांक यसअघिका चार आर्थिक वर्षको तुलनामै सबैभन्दा धेरै हो।

आर्थिक वर्ष २०७६/७७ मा एक जना, आर्थिक वर्ष २०७७/७८ मा १० जना, आर्थिक वर्ष २०७८/७९ मा १२ जना र २०७९/८० मा ११ जनाविरूद्ध रेड नोटिस जारी भएको थियो।

चार वर्षमा कुल ३४ जनाविरूद्ध रेड नोटिस जारी हुँदा २०८०/८१ एकै वर्षमा ४६ जनाविरूद्ध रेड नोटिस जारी भएको हो। रेडनोटिससँग डिफ्युजन नोटिस र पक्राउको संख्यामा पनि वृद्धि भएको देखिन्छ।

गएको आर्थिक वर्षमा १९ जनाविरूद्ध डिफ्युजन नोटिस जारी भएको थियो।

त्यस्तै रेड नोटिस वा डिफ्युजन नोटिस जारी भई फरार रहेका १७ जनालाई पनि इन्टरपोलको सहयोगमा विदेशबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

आर्थिक वर्ष ०७६/७७ मा ९ जनाविरूद्धमात्रै डिफ्युजन नोटिस जारी भएको थियो। त्यस वर्ष ३ जनालाई पक्राउ गरिएको थियो।

२०७७/७८ मा ५ जनाविरूद्ध डिफ्युजन नोटिस जारी गर्दा एक जना पक्राउ, २०७८/७९ मा ३ जनाविरूद्ध डिफ्युजन नोटिस जारी र ९ जना पक्राउ र २०७९/८०मा ३ जनाविरूद्ध डिफ्युजन नोटिस जारी र ८ जना पक्राउ परेको प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version