काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले समकक्षता प्रमाण पत्र लिँदा सांसद वीरेन्द्र महतोले घुस दिएको विषयमा छानबिन भइरहेको बताएकी छन् ।

बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले सांसद महतोले उठाएको विषयमा छानबिन गर्न समिति बनाएर काम भइरहेको जानकारी गराइन् ।

उनले भनिन् ‘हामीले छानबिनका लागि समिति बनाएका छौं र जो कर्मचारीमाथि आरोप लागेको छ, उहाँलाई अरु स्थानमा पठाइएको छ ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक बसन्त कोइरालाको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको मन्त्री भट्टराईले बताइन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version