काठमाडौं : त्रिभुवन विमानस्थल बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको पोष्टमार्टम आज पनि जारी राखिएको छ।

बुधबार चार वटा शवको पोष्टमार्टम भएकोमा थप शवको आज गरिने त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए।

पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल र पोखराबाट समेत चिकित्सकहरूलाई बोलाइएको उनले बताए।

एउटा शवलाई पोस्टमार्टम गर्नका लागि कम्तिमा पनि चार घण्टा लाग्ने भएकाले शुक्रबार साँझसम्म आफन्तलाई शव दिने प्रयास गर्ने उनको भनाइ छ।

यद्यपि शवको पहिचान गर्न नसकेर डीएनए परीक्षणमा जानुपरेको अवस्थामा भने अझै लामो समय लाग्नसक्ने उनको भनाइ छ।

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दुर्घटना भएको थियो।

जसमा परेर १८ जनाको मृत्यु भएको छ भने घाइते पाइलट मनिषरत्न शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version