काठमाडौँ: सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका आफन्तहरूले विभिन्न माग राखेका छन् । त्रिवि शिक्षण अस्पतालले जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव जिम्मा लगाउन थालेपछि आफन्तहरूले विभिन्न माग राखेका हुन् । अस्पतालका अनुसार हिजो शुक्रबारसम्म को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौलासहित ५ जनाको शव आफन्तले बुझेका छन् ।

अन्य मृतका आफन्तहरूले बीमा रकम सुनिश्चिततालगायतको माग गर्दै शव बुझ्न आनाकानी गरेका हुन् ।

उनीहरुले बीमाको रकम कति पाउने र कहिलेसम्म पाउने, कार्यालयको कामको सिलसिलामा मृत्यु भएकाले सौर्य एयरलाइन्सबाट के कति क्षतिपूर्ति पाउने, मृतक परिवारको शिक्षा, रोजगारी, मृतकका परिवारलाई मानिसिक परामर्श तथा पुनर्स्थापना, मृतकको आश्रित परिवारको हकमा, मृतकको नागरिक लगानी कोषमा जम्मा भएको रकम वा सञ्चय कोष तथा सामाजिक सुरक्षा कोषको रकमका बारेमा दाहा संस्कार तथा कृयाको खर्च, शव वाहनको व्यवस्था र सरकारको तर्फबाट पनि क्षतिपूर्तिको माग गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालले ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम शुक्रबार अपराह्न सम्पन्न गरेको हो । पोस्टमार्टम सकिएसँगै सबै आफन्तले शव लैजान सक्ने अस्पतालको भनाइ छ । यसैबीच सौर्य एयरलाइन्सले विज्ञप्ति जारी गर्दै पीडित परिवारजनलाई कम्पनीको तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version