काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टरमा ५ जना सवार रहेको बताइएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट रसुवा स्याप्रुङबेँसीका लागि उडेको उक्त हेलिकप्टर एयरपोर्टबाट उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । हेलिकप्टर अरुण मल्लले उडाउका थिए । जसमा चार चिनियाँ सवार रहेको बताइएको छ ।

नुवाकोटका एसपी शान्तिराज कोइरालाले प्रहरी दुर्घटनास्थमा पुगेको बताए । उनले दुई पुरुष, एक महिला, र अर्का एकजना चिन्न नसकिने अवस्थामा रहेको बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version