काठमाडौँ:
नेपाली सेनाको प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी अशोकराज सिग्देलले बुझेका छन्।

प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार जंगीअड्डामा आयोजित एक समारोहका बीच सिग्देललाई प्रधानसेनापतिको कार्यभार बुझबुझारथ गरेका हुन्।

मन्त्रिपरिषद्को यही साउन १४ गतेको निर्णयअनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट यही २५ गतेदेखि सिग्देलले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने अख्तियारी पाएका थिए।

प्रधानसेनापति शर्मा आगामी भदौ २४ बाट अनिवार्य अवकाशमा जाँदै छन्। सेनाको प्रचलित परम्पराअनुसार उनी २५ गतेदेखि विदामा बस्नलागेका हुन्।

शर्माले सिग्देललाई आफ्नो उत्तराधिकारीका रुपमा कार्यभार बुझाउन पाएकामा खुसी व्यक्त गरेको नेपाली सेनाले जनाएको छ। शर्माले उनलाई सफल कार्यकालका लागि शुभकामना र बधाई दिएका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version