काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कु्लमान घिसिङले देशभर ९९ प्रतिशत विद्युतीकरण भएको जानकारी दिएका छन् । दोस्रो ४ बर्से कार्यकालका लागि नियुक्त भएको ३ वर्ष पुगेको अवसरमा शुक्रबार प्राधिकरण केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गदै कार्यकारी निर्देशक घिसिङले ३ वर्षअघि ८९ प्रतिशत रहेको विद्युतीकरणलाई ९९ प्रतिशतमा पु¥याएको जानकारी दिएका हुन् ।

‘३ वर्षअघि पदवहालीका बेला मैले आफ्नो व्यक्तिगत जीवनको सबैभन्दा ठुलो चुनौती स्वीकार गरी नेपाल सरकारले दिएको जिम्मेवारी दृढताकासाथ पूरा गर्न दोस्रो कार्यकालका लागि प्राधिकरणमा फर्किएको सार्वजनिक गरेको थिएँ,’ पत्रकार सम्मेलनका क्रममा उनले भने, ‘८ वर्षअघि आर्थिक वर्ष २०७२\७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । ३ वर्षअघि पनि ८९।७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ ।’

यस्तै, ऊर्जा मन्त्रालय र आफूबीच भएको कार्यसम्पादन सम्झौताको मूल्यांकनमा पनि ९९ प्रतिशत अंक ल्याएको उनले बताए । ‘मन्त्रालय र मबीच प्राधिकरण सुधारका विभिन्न सूचकांकसहित भएको कार्यसम्पादन सम्झौताको मूल्यांकनमा आव २०७८\७९ र २०७९\८० मा क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त भएको छ भने आव २०८०\८१ को मूल्यांकन हुन बाँकी छ,’ उनले भने ।

यस्तै, ८ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत्का ग्राहक संख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको पनि उनले जानकारी दिए । विकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको दाबी गर्दै उनले अब छिट्टै देश पूर्ण रूपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको बताए ।

८ वर्षअघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको भन्दै उनले प्रतिव्यक्ति ऊर्जा खपत १३१ युनिटबाट बढेर ४०० युनिट पुगेको जानकारी दिए । घरघर र बस्तीबस्तीमा मात्रै नभई उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पु¥याएर आन्तरिक खपत बढाएको उनको भनाइ थियो ।

३ वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठुलो सफलता हात परेको उनले बताए ।
आर्थिक वर्ष २०७२\७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले त्यसयता भने नोक्सानी बेहोर्नुनपरेको बताए ।

आर्थिक वर्ष २०७३\७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफाबाट सुरु भएको प्राधिरण हाल ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको घिसिङले जनाए । ८ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरणले गत आर्थिक वर्ष २०८१÷८१ मा मात्रै १३ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा गरेको घिसिङले जनाए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version