काठमाडौँ: साताको पहिलो दिन आइतबार सेयर बजारमा हालसम्म कै धेरै कारोबार भएको छ । आइतबार कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साउन २२ गते सर्वाधिक कारोबार भएको थियो । साउन २२ गत २३ अर्ब ७१ करोडको कारोबार भएको थियो ।

कारोबार मात्रै नभई बजारको परिसूचक नेप्सेले २८०० अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९४.४६ अंक बढेर २८६० अंकमा कायम भएको छ ।

आज १७ कम्पनीमा सकरात्मक सर्किट लागेको छ । आज नेसनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, एचआईडीसीएल, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्, माथिल्लो तामाकोशी, शुभम् पावर, आत्मनिर्भर लघुवित्त, मिडसोलु हाइड्रोपावर, युनाइटेड इदी मर्दी, सिंगटी हाइड्रोपावर, रिडी पावर, अरुणभ्याली हाइड्रोपावर, एनआईसी एसिया लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, अरुण काबेली पावर तथा शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो ।

आज २२५ कम्पनीको मूल्य बढ्दा १५ कम्पनीको सेयर भने घटेको छ । आज २ कम्पनी सेयर स्थिर छ । कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूक बढेको छ । लगानी, माइक्रोफाइनान्स र जीवन बिमा समूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version