काठमाडौँ:
बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ। आइतबार राति १ बजेतिर बुङ्गल नगरपालिका–१० को टुमेडामा पहिरो खस्दा ४ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

सञ्चार शाखाका अनुसार मध्यरातमा सुतिरहेका बेला बुङ्गल नगरपालिका–१० को टुमेडाका स्थानीय वीरबहादुर धामीको घरमाथि पहिरो खसेको हो।

मृत्यु हुनेमा धामीकी श्रीमती ५५ वर्षीया काले धामी, बुहारी २५ वर्षीया गोल्के धामी, नातिनी ६ वर्षीया आकृति र ३ वर्षीया लक्ष्मी धामी छन्।

स्थानीय र प्रहरीले सोमबार बिहान उनीहरूको शव निकालेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version