काठमाडौँ: आगामी मंगलबारसम्ममा नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा सामाजिक सञ्जाल टिकटक चल्ने भएको छ। त्यसका लागि टिकटकका प्रतिनिधिले काम गरिरहेका छन्।

आइतबार नै सबै काम सकिएमा बेलुकादेखि चल्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

नेपाल सरकारले बिहीबार (भदौ ६) गते टिकटक प्रतिबन्ध फुकुवा गरे पनि सबैतिर अझै चलेको छैन।

टिकटकका प्रतिनिधिले शुक्रबार (भदौ ७) मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग भेट गरेर सरकारले अघि सारेका चारवटै सर्त पालना गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ।

सरकारको सामाजिक सञ्जालको सञ्चालनसम्बन्धी निर्देशिका–२०८० को दफा–३ मान्न टिकटक तयार भएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले बताए।

‘टिकटकका प्रतिनिधिले आज म र सचिवसँग भेटेर हामीले अघि सारेका सर्त मान्ने प्रतिबद्धता जनाएका छन्,’ मन्त्री गुरुङले भने।

सामाजिक सञ्जाल सञ्चालनका लागि मन्त्रालयमा सूचीकरण गर्न र सूचीकृत भएको सामाजिक सञ्जालको उपदफा ६ अनुसार सम्पर्कविन्दु केही दिनमै तोकिने टिकटकले मन्त्रीलाई जानकारी दिएका छन्।

‘सरकारको निर्णयबाट हामी खुसी छौँ, अब यसको कार्यान्वयन तत्काल गराउँछौँ,’ मन्त्री गुरुङसँग टिकटकका प्रतिनिधिले भने, ‘ढिलोमा मंगबारसम्म नभए पर्सि आइतबार (भदौ ९) गते बेलुकासम्म सरकारका सबै सर्त कार्यान्वयन गराइसक्छौँ।’

बिहीबार (भदौ ६) मा बसेको मन्त्रिपरिषद् बैठकले टिकटक प्रतिबन्ध हटाउन चारवटा सर्त अघि सारेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version