काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीले ईपीजीको प्रतिवेदन नबुझेको भन्दै प्रतिवेदन बुझ्नु राम्रो हुने बताएका छन्।
सोमबार राष्ट्रिय प्रजातन्त्र नेपालका अध्यक्ष कमल थापाद्वारा लिखित पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफूले कुरा गरेरै ईपीजी बनाएको भएपनि भारतीय प्रधानमन्त्रीले प्रतिवेदन नबुझेको बताए।

‘मोदीजी र मैले कुरा गरेरै प्रबुद्ध व्यक्तिहरुको समूह बनाएका थियौँ। चार जनाको समुह बनाएर दुई वर्षसम्म काम ग¥यो। डा. भेषबहादुर थापाजस्ता प्रवुद्ध व्यक्तित्व, निलम्वर आचार्यजस्ता प्रवुद्ध व्यक्तित्व। उहाँहरुकै अगुवाईमा हामीले गरेका थियौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर के कारणबाट भारतले त्यो बुझेको छैन। निर्णय के भएछ त्यहाँ भने, किन त्यस्तो भयो त्यो बुझिएन तर कुनै गलत मनसायले भएको होइन। भारतीय प्रधानमन्त्रीलाई बुझाउने त्यसपछि नेपालकोलाई बुझाउने भन्ने कुरा।’

ईपीजीले भारतीय प्रधानमन्त्रीले बुझेपछि नेपालको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको कारण भारतीय प्रधानमन्त्रीले नबुझिकन आफूले बुझ्न नपाएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले सन् १९५० को सन्धी लगायतका कुराहरूको पुनःमूल्यांकन हुनुपर्ने उनले बताए।

‘प्रधानमन्त्रीहरूले बसेर छलफल गरेर, कार्यान्वयन गर्ने, नगर्ने, के गर्ने, कसो गर्ने, कसरी गर्ने कि गर्दै नगर्ने कि भन्ने कुरा त पछि प्रधानमन्त्रीहरुले गर्ने हो। त्यो रिर्पोट नै नबुझ्ने कुरा? यस्तो कुराहरूमा हामीले भनिरहेका छौँ। कुरा गरिरहेका छौँ। यो बुझ्नु राम्रो हुन्छ भनिरहेका छौँ। १९५० को सन्धि लगायतका सारा कुराहरूको पुर्नमूल्यांकन, त्यहीँबाट हामीले हेर्नुपर्ने कुराहरू। त्यो कुराहरू हामीले सुरुमै गरेर त्यसैको लागि हाम्रो सम्बन्धको बृहत्तर रुपमा हेरौँ न,’ उनले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version