काठमाडौँ: उतारचढावका बीच नेप्से अन्तिम समयमा झिनो अंकले हरियो भएर कारोबार बन्द भएको छ।

बुधबार ३.८० अंकले बढेर २७८६.४० विन्दुमा हरियो बन्नपुगेको हो।

तर कारोबार रकममा भने ५ अर्बको गिरावट देखिएको छ। अघिल्लो दिन १११ अंकले घटेको बजारमा साढे १८ अर्बको कारोबार भएको थियो।

आज १३ अर्ब ७२ करोडको मात्र सेयर किनबेच भएको छ। कुल साढे ३ लाख कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो।

आज सेयरमूल्य बढ्नेभन्दा घट्ने कम्पनी धेरै छन्। ९७ वटाको मूल्य बढ्दा १४३ वटाको घटेको र ४ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।

यसका बाबजुद तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। लिबर्टी इनर्जी कम्पनी, हिमालयन हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको हो। यी कम्पनीका लगानीकर्ताले क्रमशः २८.३०, ४२ र ९०.५० रुपैयाँ आम्दानी गरेका छन्।

यसबाहेक आत्मनिर्भर लघुवित्तको ९.९८ प्रतिशतले बढ्दा लगानीकर्ताले ३७५.७० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। माईखोला हाइड्रोका लगानीकर्ताले पनि आज ९.९३ प्रतिशत आम्दानी गरेका छन्।

आज धेरै गुमाएका कर्णाली डेभलपमेन्टका लगानीकर्ताले ५१ रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्।

कारोबारमा चन्द्रागिरि हिल्स अगाडि छ। कम्पनीको ४३ करोडको कारोबार हुँदा नेपाल फाइनान्स ४१ करोड, हिमालयन रि इन्स्योरेन्स ३८ करोड र अपिपावरको ३३ करोडको सेयर कारोबार भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version