काठमाडौं: सोमबार साँझ अवरुद्ध भएको पृथ्वीरामार्गको धादिङ खण्ड मध्यरातदेखि खुलेको छ। धादिङको धुनिबेसी नगरपालिका–९ मा भारी वर्षापछि झरेको लेदोसहितको पहिरोले राजमार्ग साँझ ६ बजेदेखि राति १ बजेसम्म अवरुद्ध भएको थियो।

प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरीक्षक हेमकुमार थपलियाका अनुसार राति साढे ११ बजे एकतर्फी र साढे १ बजे दुईतर्फी बाटो खुला भएको हो।

भारी वर्षापछि आएको लेदोसहितको पहिरोले राजमार्ग छोपिँदा केही सवारी साधनमा सामान्य क्षति हुनुबाहेक अन्य कुनै ठुलो दुर्घटना नभएको थपलियाले जानकारी दिएका छन्।

केही घण्टा सडक अवरुद्ध हुँदा राजधानी भित्रने र बाहिरिने सयौं सवारीसाधन रोकिएका थिए। मध्यरातमा सडक खुलेसँगै अहिले सवारी आवतजावत सामान्य भएको थपलियाको भनाइ छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version