काठमाडौँ:
दशैंका लागि साना दरका नोट असोज १३ गतेदेखि साट्न सकिने भएको छ ।

राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै दशैंका लागि असोज १३ देखि २२ गतेसम्म साना दरका नोट साट्न सकिने जानकारी दिएको हो ।
सर्वसाधारणहरूले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी)बाट सुकिला नोट सटही गर्न सक्नेछन् ।

विगतका वर्षहरूमा जस्तो राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नसाट्न भएको छ ।

त्यसैले यस वर्ष सफा र सुकिला नोट मात्रै दशैंका लागि साट्ने व्यवस्था गरिएको हो ।​

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version