काठमाडौँ: भूकम्पले भत्काएको धरहराको भग्नावशेष यथावत् राखी नयाँ निर्माण गरिएको काठमाडौँ सुन्धारास्थित धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवस (राष्ट्रिय दिवस) का दिन अस्थायी रूपमा भए पनि धरहरा खुला गर्ने निर्णय गरेको एकजना मन्त्रीले जानकारी दिए।

२०७२ वैशाख १२ को भूकम्पमा पुरानो धरहरा ढलेपछि त्यसैको नजिकै नयाँ धरहरा बनाइएको छ। यसको मुनि भूमिगत पार्किङको व्यवस्था गरिएको छ।

यस्तै, मन्त्रिपरिषद् बैठकले ४१ जना सहसचिवको सरुवा गरेको छ।

केही मन्त्रालयका लागि कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको जानकारी पनि एक मन्त्रीले दिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version