काठमाडौँ: बिहीबार बेलुका काेशी ब्यारेजबाट एउटा बस सप्तकाेशी नदीमा खसेकाे छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेकाे बस साझ करिब ६:०५ मा काेशी ब्यारेजकाे पुलबाट तल नदीमा खसेकाे हाे ।

बस खसेकाे जानकारी आएपछि प्रहरी टाेली खटिएकाे सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

‘बस खसेकाे प्रारम्भिक जानकारी आएकाे छ, थप विवरण खुलेकाे छैन,’ उनले भने,’ हामी घटनास्थल तर्फ जादैछाैं ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version