काठमाडौं: कैलाश विकास बैंकले १७ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले गत वर्ष १० प्रतिशत बोनस शेयर र ९ दशमलव पाँच प्रतिशत नगद गरी कुल १९.५ प्रतिशत लाभांश दिएको थियो। यस आधारमा गत वर्ष भन्दा यसपटक लाभांश दर केही कम भएको देखिन्छ ।

बैंकको हाल चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ रहेको छ। बैंकले ४२ करोड ८५ लाख ८ हजार १२० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो।

सञ्चालक समितिको सो प्रस्ताव राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउनेछन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version