काठमाडौँ: डडेलधुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका डीएसपी सुगन्ध श्रेष्ठका अनुसार दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमती बोहरा, अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको पवनदूत यातायातको बस गएराति साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटनामा परेको थियो।

बस सडकबाट करिब साढे ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

बसमा १७ जना सवार थियो। १२ जना घाइते मध्ये गम्भीर घाइते २ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। अन्यको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version