काठमाडौँ: आउँदै गरेको दशैंको फूलपातीमा (असोज ३०) गते अशोक शर्मा निर्देशित नेपाली फिल्म ‘जय भोले’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ।

यसअघि यो फिल्म ‘छक्का पञ्जा ३’ सँग भिड्ने खबरले सिनेवृत तरंगीत बनेको थियो ।

आपसी समझदारी अनुसार ‘छक्का पञ्जा ३’ घटस्थापना र ‘जय भोले’ फूलपातीमा आउन तयार भएका हुन्। निर्देशक शर्माले अब फिल्मको प्रचारलाई तिव्र बनाउने बताएका छन्। पोस्टरमा फिल्मका अधिकांश कलाकार प्रस्तुत गरिएका छन् ।

यो फिल्मको कथा अभिनेता तथा डमरुको डन्डीबियोका नायक खगेन्द्र लामिछानेले लेखेका हुन्। यस फिल्ममा लामिछाने प्रमुख भूमिकामा छन् । स्वस्तिमा खड्का, सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ ।

ह्युमर तथा सोसल कमेडी ड्रामामा निर्मित ‘जय भोले’ को बजेट १ करोड ६० लाख बताइएको छ । किरण शर्मा, कृति शर्मा र अंकित शर्माको निर्माण रहेको फिल्मको ‘उम्लियो भने पोखिन्छ’ गीत हिट भइसकेको छ ।

झापा र ईलाममा खिचिएको ‘जय भोले’ मा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी/कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version