काठमाडौं: उर्जा,जलस्रोत,तथा सिंचाईमन्त्री बर्षमान पुन र दक्षिण कोरीयाली राजदूत योङग सिक पार्कबीच उर्जा क्षेत्रमा गर्ने सहकार्यका विषयमा छलफल भएको छ ।

मन्त्री पुनले भेटमा उर्जा क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै कोरियाली लगानीकर्तालाई थप लगानी गर्न समेत आह्वान गरेका छन् ।

मन्त्री पुनले नेपालमा राजनीतिक स्थायीत्वको युग सुरु भइसकेको भन्दै वर्तमान सरकारको प्राथमिकता शिक्षा,स्वास्थ्य र पुर्वाधार विकासमा रहेको जानकारी दिंदै त्यसका लागी कोरीयाली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे ।

मन्त्री पुनले चमेलिया जलविद्युत आयोजना निर्माणमा पुरयाएको योगदानप्रती धन्यवाद व्यक्त गर्दै गुणस्तरीय कोरीयाली निर्माण कम्पनी नेपालमा काम गर्न सक्ने धारणा राखे ।

हेजिङ फण्डबारे आफुले राष्ट्र बैंक र अर्थमन्त्रालयका अधिकारीहरु राखेर उर्जामन्त्रालयमा छलफल गरिसकेको र छिट्टै परिणम सकरात्मक आउनेमा आफु आशावादी रहेको बताए ।

भेटमा राजदूत पार्कले कोरीयाली कम्पनीले बनाउने तयारी गरिरहेको २१६ मेगावाटको माथिल्लो त्रिशुली –१ जस्ता परियोजना नेपालको विकासको लागी आवश्यक रहेको भन्दै त्यसको प्रगतीबारे मन्त्री पुनलाई जानकारी गराएका थिए ।

उनले हेजिङ फण्डका लागी मन्त्री पुनले गरेको पहलप्रती समेत धन्यवाद व्यक्त गरे ।

भेटमा कोरियन राजदूतले उर्जामन्त्री पुनले मन्त्रीका रुपमा कार्यभार सम्हालेसंगै सार्वजनिक गरेको मार्गचित्रमा १० बर्षमा १५ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको भन्दै त्यसका लागी समेत नेपाललाई वैदेशिक लगानी आवश्यक पर्ने धारणा राखे ।

‘तपाईको मार्गभित्र मैले पढेको छु, त्यो एकदमै राम्रो पनि लाग्यो,तर हेजिङ फण्ड बन्यो भने त्यसले वैदेशिक लगानी भित्रयाउन सजिलो हुन्छ र तपाईहरुको सपना पुरा हुन्छ ।’ राजदूत पार्कले भेटमा भने ।

राजदूत पार्कले कोरियन कम्पनीले जिम्मा पाएको माथिल्लो त्रिशुली –१ जलविद्युत परियोजना आगामी जनवरीबाट निर्माण सुरु गर्ने जानकारी समेत दिए ।

राजदूतसंगै सहभागी भएका उक्त कम्पनीका प्रतिनिधीले समेत परियोजना यथासम्भव र निश्चित समयभित्र पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले परियोजनाले नेपालको विकासमा ठुलो योगदान पुग्ने भन्दै त्यसका लागी ४ सय ५० मिलियन डलर ऋण लिने प्रक्रियामा कम्पनीले प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।

२१६ मेगावाटको माथिल्लो त्रिशुली –१ परियोजनामा कोरीयन साउथ इस्ट पावर कम्पनी लिमिटेडको ५२ प्रतिशत,डेलिम कन्ष्ट्रक्शन कम्पनी लिमिटेडको १६ प्रतिशत,केरुङ कन्ष्ट्रक्शन कम्पनीको १० प्रतिशत,इन्टरनेशन फाइनानस कर्पको १२ प्रतिशत र नेपाली साझेदारको १० प्रतिशत शेयर संरचना रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version