काठमाडौँ:
नेपाल विद्युत् प्राधिकरणले शुक्रबार दुई उद्योगको काटिएको बिजुली पुनः जोडिदिएको छ।

जीबी टेक्स्टाइल र जीबी टेक्स्टाइलले बक्यौताको पहिलो किस्ता तिरेपछि लाइन जोडिएको प्राधिकरणले जनाएको छ।

यी दुवै उद्योग बुटवल वितरण केन्द्रअन्तर्गतका रहेका छन्।

प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट बिजुली लिएर महशुल नतिरेको भन्दै ताकेता गर्दै आएको थियो। ताकेताको बेवास्ता गर्दै महशुल नतिरेपछि पुनः लाइन नै काटिदिएको थियो।

दुई उद्योगले क्रमशः ३५ लाख ३७ हजार र १४ लाख १२ हजार रुपैयाँ बक्यौताको पहिलो किस्ता शुक्रबार बुझाएलगत्तै प्राधिकरणले लाइन जोडिदिएको हो।

बिहीबार प्राधिकरणले बक्यौता रहेका ३४ उद्योगको बिजुली काटिदिएको थियो। वटा उद्योगले भने हिजै किस्ताबन्दीमा बक्यौता चुक्ता गर्न थालेकाले उनीहरूको लाइन काटिएको थिएन। प्राधिकरणले बक्यौता रकमका आधारमा २८ वटासम्म मासिक किस्ता बुझाउन सक्ने सुविधा उद्योगहरूलाई दिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version