काठमाडौँ: भक्तपुरको मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकललाई बसले ठक्कर दिँदा एक महिलाको मृत्य भएको छ ।

आइबार साँझ भक्तपुरबाट काठमाडौँर्फ जादै गरेको बा प्र ०१–००६ख २९९६ नम्बरको मयुर यातायातको बसले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२८प ०५३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

सो दुर्घटनामा मोटरसाइकलको पछाडि सवार चाँगुनारायण-७ बागेश्वरी बस्ने ४५ वर्षीय अप्सरा फुयालको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले बस र मोटरसाइकलसहित दुवै चालकलाई नियन्त्रणमा लिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version