काठमाडौँ: नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार हजार रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

ट्रम्पको विजयसँगै सुनको मूल्य घटेको विश्लेषण गरिएको छ। उनको जीतले अमेरिकामा मूल्य वृद्धि थप बढ्न सक्ने र यसले बण्ड र डलरको भाउ बढ्न सक्ने विश्लेषण गरिएको हो।

जसले गर्दा लगानीको लागि सुन कम आकर्षित हुन सकिने मानिएको छ।
ट्रम्पको जीतसँगै सुनको फ्युचर मूल्य (भविष्यको मूल्य अनुमानका आधारमा गरिने कारोबारमा मूल्य) तीन प्रतिशतले घटेको अन्तर्राष्ट्रिय सञ्चार माध्महरूले उल्लेख गरेका छन्।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।

बुधबार प्रतितोला दुई हजार १५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version