काठमाडौँ:
रुपन्देही सरकारी वकिलको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको बयान आज सक्ने तयारी गरेको छ। कास्कीबाट रुपन्देही लगिएका लामिछानेलाई आज लिखित बयान लिएर कास्की फिर्ता गर्ने कार्यालयको तयारी छ। झण्डै एक महिनादेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई तीन दिनअघि बयानका लागि भैरहवा लगिएको थियो।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि रुपन्देहीको भैरहवा लगिएका लामिछानेसँग कार्यालय सुरु भएसँगै जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिन सुरु गरिएको छ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलका अनुसार आजै बयान सक्ने प्रयास गरिएको छ। यदि बयान सकिए प्रहरीले उनलाई आजै कास्की ल्याउने बताएको छ। लामिछानेको बयानका आधारमा प्रहरीले पुरक प्रतिवेदन तयार पार्ने छ।

बयान चलिरहँदा भैरहवामा सरकारी वकिल कार्यालय आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख भए अनुसार उनीमाथि छानविन भइरहेको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version