काठमाडौँ । भारतीय जनता पार्टीका नेता डा.विजय जोलीले नेपालमा बनेको कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई नेपालका लागि समयको माग भएको टिप्पणी गरेका छन् । रिपोटर्स क्लवले बिहीबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई आफ्नो पार्टीको समर्थन रहने समेत बताए ।

उनले नेपालको आन्तरिक मामिलामा भारतले कहिल्यै पनि हस्तक्षेप नगरेको दाबी गरे । प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण र बीआरआईबारे जोलीले नेपालका प्रधानमन्त्रीले कुन देश भ्रमण गर्ने भन्ने कुरा नेपालको निर्णय हुने भन्दै त्यसलाई आफूले सम्मान गर्ने बताए ।
उनले हरेक देशले आफ्नो स्वार्थको लागि कूटनीतिक रुपमा हात मिलाउने गरेको सुनाए । नेता जोलीले नेपाल र भारतबिच रहेका सीमा विवाद पनि सरकारी, राजनीतिक र कूटनीतिक तहको सम्वादबाट हल गरिनुपर्नेमा जोड दिए ।

सीमा विवाद हल गर्नको लागि भारत सधैं तयार रहेको उनको भनाई छ । कुनै पनि मुलुकले आफ्नो पैसामा विवादित क्षेत्रको नक्सा समावेश गरेको नदेखेको भन्दै उनले नेपालले पछिल्लो समय आफ्नो एक सयको नोटमा चुच्चे नक्शा समावेश गरेकोप्रति गुनासो गरे ।

जोलीले आफू भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख भैसकेको नाताले पनि विगत लामो समयदेखि नेपाल आवातजावत गर्ने गरेको स्मरण गरे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version