काठमाडौँ : नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएको छ । केन्द्रिय बैंकले उक्त बैंक समस्यामा देखिएपछि निक्षेप लिन र कर्जा दिन रोक लगाएको हो ।

केन्द्रिय बैंकले निरीक्षण गर्दा तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नहुने भन्दै निक्षेप लिन र कर्जा दिन रोक लगाएको बताइएको छ ।

राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार नेपालगञ्ज बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको तथा निष्कृय कर्जा (एनपीएल) अनुपात ४०.८५ प्रतिशत कायम रहेकाले कारवाही गरिएको जनाएको छ ।

निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई आजैका मितिबाट लागू हुनेगरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको सूचनामा उल्लेख छ । राष्ट्र बैंकले उक्त बैंकलाई समस्याउन्मुख घोषणा गरेको छ

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version