काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमुक्त हुने भएपछि समर्थकहरूमा खुशी छाएको छ । अदालत बाहिर रास्वपा कार्यकर्ताहरूले खुशी मनाउन थालेका छन् ।

आज आदेश आउने भएपछि दिउँसैदेखि रास्वपा नेता कार्यकर्ताको अदालत परिसरमा चहलपहल बढेको थियो । आदेश सुनाउन बेलामा अदालत बाहिर दर्जनौ संख्यामा नेता-कार्यकर्ताको उपस्थिति रहेको छ ।

पार्टी उपसभापति डिपी अर्याल, सांसद सोभिता गौतम, प्रवक्ता मनिष झा, हरि ढकाललगायतका नेता अदालत बाहिर छन् ।

अहिले नेता कार्यकर्ताले रवि लामिछानेको समर्थनमा नारावाजी गरिरहेका छन् । उनीहरूले रवि दाइ हाइ हाइ । यो जित कसको जनताको । रवि दाइ कस्तो जनताको जस्ता नारा लगाएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version