काठमाडौँ: सुनको मूल्य एकैदिन प्रतितोला १९ सय रुपैयाँले बढेको छ । आइतबार र सोमबार दुई दिन स्थिर रहेको सुनको मूल्य आज एकैदिन १९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै मंगलबार चाँदी १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७८०.५९ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.९ डलरमा कारोबार भइरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version